आप्रवासी नेपाली कामदारका चुनौति, अवसरहरु र एनआरएनएको भूमिका " विषयक कार्यशाला गोष्ठि कार्यक्रम आयोजना हुने

Published On: Thursday, May 17, 2018 | Source: NRNA QATAR
" आप्रवासी नेपाली कामदारका चुनौति, अवसरहरु र एनआरएनएको भूमिका " विषयक कार्यशाला गोष्ठि कार्यक्रम आयोजना सम्बन्धि सूचना ।
 
नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा यही १८ मई २०१८ का दिन तल उल्लेखित मिति र स्थानमा "आप्रवासी नेपाली कामदारका चुनौति, अवसरहरु र एनआरएनएको भूमिका " विषयका कार्यशाला गोष्ठिको आयोजना गरिएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभागिय समिति सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समितिको विशेष सहयोग रहनेछ । कार्यक्रमबाट आएको निश्कर्ष प्रतिवेदनलाई नेपाल सरकारका संबन्धित निकायहरु र संघ संस्थाहरुमा पठाईनेछ । संघ संस्थाहरुले पनि निश्कर्ष प्रतिवेदन कार्यन्वयनको लागि ताकेता गर्न सहयोग गर्नेेछन् । जसले गर्दा संबन्धित सरकारी निकायहरुले यस प्रतिवेदन कार्यन्वयन गरुन् भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा एनआरएनए एनसीसी कतारका पूर्व पदाधिकारीहरु तथा सदस्यहरु, एनआरएनएका अभियन्ताहरु, सामाजिक अभियन्ताहरु, संघ संस्थाका प्रमुखहरु र एनआरएनए एनसीसी कतारका पार्षदहरुलाई आबश्यक सुझाव सहित सहभागि भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

क. कार्यक्रम हुने स्थान मिति र समय
स्थानः नेपाली राजदुतावासको हल, ऐन खालिद कतार ।
मितिः १८ मई २०१८ शुक्रबार ।
समयः दिनको १.०० बजे ।

भवदीय,

बुधबल गुरुङ
महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार