एनसीसी कतारको रक्तदान कार्यक्रम सम्पन्न: ९९ जनाले रगतदान गरे

Published On: Tuesday, March 22, 2016 | Source: NRNA QATAR
गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजना तथा हमाद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको संयोजनमा रक्तदान कार्यक्रम उल्लास पूर्वक सम्पन्न भएको छ।
गत १८ मार्च शुक्रबार दोहास्थित हमाद मेडिकल कर्पोरेसनमा भएको रक्तदान शिविरमा कतारमा स्थापित ४० सकृय संघसंस्था तथा सामाजिक ब्यक्तित्वहरुको सहयोगमा रक्तदान शिविर सम्पन्न भएको हो। उक्त शिबिरमा कुल १९० जना सहभागी भएका थिए भने १४२ जनाले रक्तदानको लागि आबेदन भरेकोमा ९९ जनाले सफलतापूर्वक रक्तदान गरेका छन्।
सो अवसरमा रक्तदान कार्यक्रममा सहभागी भई सहयोग गर्ने सम्पूर्ण संघ संस्था र रक्तदाताहरुलाई गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषदले धन्यवाद ज्ञापन गर्दछ।
साथै आगामी दिनमा पनि यस्तै प्रकारको साथ सहयोगको अपेक्षा राख्दै यस कार्यक्रमलाई सफल बनाउन खटिनु भएका कार्यसमितीका सदस्य तथा पदाधिकारीहरु, अाइसिसी पदाधिकारीहरु,सल्लाहकार ज्युहरुलाई बिशेष धन्यवाद प्रकट गर्न चाहन्छौ।